देशका तीन ठाउँ मा उपनिर्वाचन आज; मतदान हुदै

कञ्चनपुर: गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेकाले, बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ज.स.पा का रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उम्मेदवार रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती निर्वाचन क्षेत्रहरुमा आज उपनिर्वाचन हुन लागेको हो।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछाने, नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपाने र नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच प्रतिस्पर्धा हुदैछ ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमाले उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार डा. स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा हुदैछ।

Facebook Comments Box