कृष्णपुरमा जय महांकाल युवा समूह को महा-शिवरात्री सांस्कृतिक महोत्सव सम्पन्न

कृष्णपुर: शुक्रवार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ मा एक दिने सांस्कृतिक महोत्सव सम्पन्न गरिएको छ। जय मंहाकाल युवा समुह कञ्चनपुर जिल्ला कमिटीद्वारा महाशिवरात्रीको पावन अवसरमा आयोजित एक दिने वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।

जिल्ला अध्यक्ष हर्क बहादुर बोहराको सभाअध्यक्षमा सुरु गरिएको कार्यक्रम मा; प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा, विशिष्ट अतिथी कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद, मुख्य प्रायोजक जे.वि एकेडेमी का प्रबन्धक जगदीश सेट्टी, अतिथिमा कार्यक्रमका मुख्य आकर्षक गायक चक्र बम, गजलकार सृजन श्री, निडस नेपाल, एन.एन. एस. डब्लु यु, साथी नेपाल संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी लगायत स्थानीय कलाकारहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा दर्शकहरुको एकदमै बाक्लो उपस्थिति देखिएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका जिल्ला महासचिव हिक्मत भण्डारी ले राखेका थिए। सुरुवात देखि हालसम्म आएका आरोह अवरोह का बारेमा महासचिव भण्डारीले जानकारी गराएका थिए। गौशाला सञ्चालन देखि संस्थाले गरेका विभिन्न समाजिक कार्यका बारेमा समेत जानकारी गराएका थिए।

कार्यक्रममा प्रसाद स्वरुप दूध पनि वितरण गरिएको थियो भने नेपाली चलचित्र क्षेत्रका खलनायक तेजा ऐरको उपचारका लागि सहयोग समेत उठाईएको थियो। त्यस्तै कार्यक्रममा प्रमुख अतिथी रहेका मेयर हेम राज ओझाले कार्यक्रम एकदमै राम्रो भएको साथै महाशिवरात्री मेला मा कृष्णपुर बासीको एकदमै उत्साहजनक उपस्थिति देखिएको समेत बताएका छन्। कार्यक्रमको उद्घोषण प्रेरणा पाण्डेयले गरेकी थिईन।

Facebook Comments Box