कृष्णपुरका कुवेर दमाई(हले) हत्या प्रकरणमा संलग्न आफ्नै भतिज र भान्जा पक्राउ; यसरी भएको थियो ह”त्या!

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बन्द नदी बगरमा मानिसको लाश गाडिएको जस्तो रहेको भनि शुक्रवार साझ ६ बजे स्थानिय मानिसहरुले प्रहरीलाई खबर गर्ना साथ तत्काल अस्थायी प्रहरी पोष्ट वाणी र ईलाका प्रहरी कार्यालय झलारी(प्रमुख)बाट प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डमा घटनास्थल अनुसन्धान अधिकृत (SOCO) समेतको टोली खटी गई उक्त स्थानमा खोजतलास गर्दै जादा तत्काल नामथर, वतन नखुलेको पुरुष मानिसको वेवारिसे लाश बगरमा गाडेको अबस्थामा फेला पारेको थियो।

उक्त लाश केही मात्रामा सडी दुर्गन्धित समेत भएको थियो । लासलाई गाडीएको स्थानबाट बाहीर निकाली लाशजाँच मुचुल्का समेतको कार्य गरी घटनास्थलमा रहेका मानिसहरु लाई सोधपुछ गर्दा कृष्णपुर नगरपालीका वडा नं. २ बाणी नवदुर्गा टोल बस्ने प्यारु दमाईको छोरा वर्ष ३५ का कुवेर दमाई (हले) भन्ने ब्यक्ती केही दिन देखि हराएको भन्ने खुल्न आएकोले निजको घर परीवारलाई खवर गरी निजकी दिदि नाता पर्ने सत्या दमाई घटनास्थलमा आई निज मृतक कुवेर दमाई (हले) नै रहेको भनि सनाखत समेत गरी दिए पश्चात मृतक कुवेर दमाई (हले) को लासको लाशजाँच मुचुल्का समेत तयार गरी शव परीक्षणको लागि महाकाली प्रादेशीक अस्पतालमा पठाई लगिएको थियो।

तत्काल मृतकको घर परीवारका सदस्यहरुलाई सोधपुछ गर्दा मृतक कुवेर दमाई (हले) मिति २०८०।०४।१५ गते देखि घरबाट हराई बेपत्ता भएको र निज मृतक समय समयमा घरबाट निस्की १/२ दिन पश्चात घर फर्कीने भएकोले तत्काल खोजतलासको लागि प्रहरीमा जानकारी नगरेको भन्ने निजकी आमा प्रेमजला दमाईबाट खुल्न आएको र मिति २०८०।०४।१९ गते विहान ०६:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा १० जनाको प्रहरी टोली खटी गई विभिन्न अनुसन्धान पद्धति तथा आधुनिक प्रविधिहरुको माध्यमबाट अनुसन्धान गर्दा

स्थानिय भरत दमाईको छोरा मृतकको सहोदर भतिज नाता पर्ने बर्ष २२ को अजय दमाई र भरत दमाईको छोरा मृतकको सहोदर भान्जा नाता पर्ने बर्ष २८ को हरिश दमाईलाई शंका लागी निज दुवै जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा मृतक कुवेर दमाई (हले) घरमा आमा वुवालाई दुख हैरानी दिने, घरमा रहेका समानहरु समेत वेची मादक पदार्थ सेवन गर्ने भएकोले मिति २०८०।०४।१५ गते राति अं. १०:०० बजेको समयमा मृतक कुवेर दमाई, मृतकको भतिज नाता पर्ने अजय दमाई र मृतकको भान्जा नाता पर्ने हरिश दमाई सोही विषयलाई लिई घरायसी कुराकानी लगायत मादक पदार्थ समेत सेवन गर्न भनि बन्द नदीको बगरमा गई मादक पदार्थ सेवन गरी घरायसी कुरा गरी निज मृतकलाई सम्झाई बुझाई गर्ने क्रममा ऐ. अं. २३:०० बजेको समयमा मृतक कुवेर दमाईसंग अजय दमाई र हरिश दमाईको वादविवाद भएको प्रहरी स्रोतले जनाएको छ।

त्यस्तै सोही विवादको क्रममा मृतक कुवेर दमाईलाई अजय दमाई र हरिश दमाईले हात,पात र सोही बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहार समेतका शरिरका भागहरुमा हिर्काए पश्चात सोही चटोको कारण कुवेर दमाईको घटनास्थल मै मृत्यु भएको र मृत्यु भए पश्चात कोही कसैले थाहा जानकारी नपाउन भनि निजको लास सोही स्थानमा खाडल खनि खाडलमा पुरे र निजले लगाएको सट (कमिज) र चप्पल समेत बन्द नदी पारी पूर्व पट्टीको किनारा तर्फ फालेको भनि प्रारम्भिक सोधपुछमा निजहरुले खुलाई दिए पश्चात घटनास्थलमा गई हेर्दा घटनास्थल रहेको बगरबाट ५० मिटर पूर्व तर्फ कालो रङ्को मृतक कुवेर दमाईले लगाउने गरेको दाहीने खुट्टाको कालो रंगको चप्पल र सो चप्पल देखी १० मिटर उत्तर तर्फ मृतकले लगाउने गरेको रातो सेतो कालो समेत रंगको चेक सर्ट फेला पारी कानून बमोजिम वरामद गरी घटनामा संलग्न रहेका अजय दमाई र हरिश दमाईलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको ईलाका प्रहरी पोष्ट झलारीले जनाएको छ।

हेर्नुहोस भिडियो :

Facebook Comments Box