बझाङमा गाडी दुर्घटना; प्रदेश मन्त्री सिंह सहित २ जनाको ज्यान गयो

कञ्चनपुर: सु.प प्रदेश का आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको आज दिउसो २ बजेतिर बझाङमा गाडी दुर्घटना हुदा मृत्यु भएको छ। उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा ५:३३ मिनेट मा मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ।

मंगलवार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री सिह सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएको थियो।

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लिइएको र उनको उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ। उनका पी.एस.ओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार भईरहेको छ।

Facebook Comments Box