डिभिजन वन कार्यलय कञ्चनपुरको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कृष्णपुर: डिभिजन वन कार्यलय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आज कृष्णपुर-५ मा रहेको हरियाली सामुदायिक वन गुलरिया को सभा हलमा पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजनाको प्रारम्भिक वातावरणिय परिक्षण(IEE) को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला वन अधिकृत(DFO) शम्भु प्रसाद तिवारी, सव-डिभिजन वन वाणीका प्रमुख, सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त भट्ट, विभिन्न सामुदायिक वनका पदाधिकारीहरु, पुर्नवास नगरपालिका का उप प्रमुख भुलिया राना, बेलौरी नगरपालिका का नगर उप प्रमुख जोगराम राना,लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापा लगायतका व्यक्तित्व हरुको सहभागी रहेको थियो ।

Facebook Comments Box