कञ्चनपुर: कृष्णपुर नगरपालिकाले वडा न.४ चपरतला टोल किचाई शिविरका हात्ती पिडित किसानलाई त्रीपाल र खाद्यान सहयोग गरेको छ । गएराती वडा नं ४ शिविरका सानु चौधरी,गोपाल चौधरी र जयराम चौधरीको घर हात्तीको बथानले भत्काएको छ।
त्यस्तै दर्जनौं किसानले भित्र्याउन लागेको धानबाली पनि हात्तीले नस्ट गरेको छ । हात्तीको बथान आँखै अगाडी देखेपछि आफूहरु त्रसित भएको र बालबच्चा जोगाउनै हम्मेहम्मे परेको स्थानीय महेश्वरी चौधरीे बताउछिन। अर्का स्थानिय बच्चुलाल चौधरीले स्थानीय सकृय नभएको भए हिजो ठूलो जनधनको क्षती हुने बताउँछन ,उनी भन्छन राती ७ बजे आएको हात्तीको बथान करिबन २ बजे रातीसम्म आफ्नै क्षेत्र वरीवरी घुमिरह्यो अत्याधिक डर लाग्यो ।

जंगली हात्तीले प्रभावित पारेको स्थानमा स्थलगत अनुगमन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले जंगली क्षेत्र बढी भएको कृष्णपुर नगरपालिका वर्षेनी हात्ती आतंक हुने गरेको र यसको रोकथाम र नियन्त्रणमा विशेष जोड दिने बताए।
मेयर ओझाले अन्य जंगली जनावर भन्दा हात्ती अजिव जनावर भएको भन्दै यसलाई रोक्न अत्यन्तै कठिन हुने बताए । जंगली हात्तीको बथानले जनधनको ठूलो क्षती हुने गरेको भन्दै आफूले सम्बन्धित सबै निकायलाई स्थायी समाधानका लागि भन्दै पहल गरिरहेको बताएका छन्।
प्रदेश सभाका सांसद ओम विक्रम भाट सरलले कञ्चनपुर जिल्लाकै लागि जंगली हात्ती व्यवस्थापन चुनौती रहेको भन्दै आफूले यसबारे प्रदेश सभामा कुरा उठाउने बताएका छन्।