क्युआर कोड’ बाटै कञ्चनपुर प्रहरीमा उजुरी दिन सकिने

कञ्चनपुर: नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर मा अब ‘क्युआर कोड’ मार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ‘क्युआर कोड’ मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एस.पि) प्रेम बहादुर बस्नेतले बताए।

एक कार्यक्रम आयोजनाका बिच आजबाट क्युआर कोड सञ्चालनमा ल्याइएको नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरले जनाएको छ ।

प्रहरी सेवा प्रवाहलाई छिटो, व्यवस्थित, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सुसम्बन्ध एवम् सुशासन कायम राख्ने प्रयोजनका लागि गुनासो व्यवस्थापन गर्न क्युआर कोड ल्याइएको नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक बस्नेतले बताएका छन्। कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रवक्ता मोहन बहादुर बस्नेत समेतको उपस्थिती रहेको थियो।

Facebook Comments Box