कृष्णपुरमा पुस १ देखि निशुल्क आँखा शिविर सञ्चालन

कञ्चनपुर: कृष्णपुर नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउन्डेसन नेपाल को सहयोगमा पुस १ देखि १७ गते सम्म कृष्णपुरका ९ वटै वडाहरुमा रहेका आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निशुल्क रुपमा आँखा चेकजाँच तथा परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

त्यस्तै निशुल्क चस्मा, औषधि आवश्यक परेकालाई धनगढी नेत्रालयमा निशुल्क आखाको शल्यक्रिया गरिने समेत सुचनामा उल्लेख छ। नगरपालिकाले यो निशुल्क आँखा चेकजाँच शिविरमा सहभागी भईदिने सम्पुर्ण नगरबासी हरुमा अनुरोध गरेको छ। नगरबासी नागरिकहरुले आफुलाई नजिक पर्ने स्थानमा गएर स्वास्थ्य लाभ लिन सक्ने छन्।

Facebook Comments Box