सिकलपट्टी मा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

लालझाडी: कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ४ मा रहेको श्री बैजनाथ मा.वि सिकलपट्टी मा भोलि अर्थात जेठ १३ गते बिहान १० बजे देखि साझ ५ बजे सम्म नि:शुल्क रुपमा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन हुने भएको छ।

लालझाडी गाउँपालिका शंकरपुर कञ्चनपुरद्वारा संचालन हुन गईरहेको यो शिविरमा विशेष गरि राना थारु समुदाय का नागरिकहरुलाई स्वास्थ्य परिक्षण गराउन हुन पालिकाले हार्दिक अनुरोध गरेको छ।

Facebook Comments Box