कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलिमा रहेको देखतभुली स्वास्थ्य चौकीले स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नारा सहित २० औ अन्तर्राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।
कार्यक्रम देखतभुली स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष पहल बहादुर थापाको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथिमा कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तारा लामा तामाङ रहेका थिए। विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी-५ का निवर्तमान अध्यक्ष नन्दराज अवस्थी, देखतभुली स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष अमर सिह धामी रहेका थिए।

कार्यक्रममा प्रभात फेरि, अन्तरक्रिया, स्वास्थ्य स्वयंसेविका का बारेमा जानकारी सहित विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। स्वयंसेविकालाई थप तालिम, सेवा सुविधा उपलब्ध गराउने अध्यक्ष थापाले बताए।