लालझाडी गाउँपालिकामा स्वास्थ्य शाखाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका गाउँ कार्यपालिका को कार्यलय स्वास्थ्य शाखा शंकरपुर, कञ्चनपुरको आयोजनमा आयोजित सुर्तीजन्य पदार्थ र मध्यपान सेवनको न्यूनीकरणका लागि सञ्चार एवम् कोभिड-१९ लगायत महामारी जन्य रोगहरुको रोकथामका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लालझाडी गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी ले चेतनामुलक स्वास्थ्य सम्बन्धि जानकारी दिएका छ्न् । सुर्तीजन्य पदार्थ सेवन र मध्यपान सेवनले हुने स्वास्थ्य समस्याहरु र कोभिड-१९ लगायतका महामारीका बारेमा सचेत हुन जानकारी गराएका छ्न् ।

रुघा खोकी लाग्दा, सामान्य हो, हिजो चिसो खादा भएको हो, लगायत बिभिन्न बहानामा ठिक भैहाल्छ भनेर लापरबाही नगर्न बरु आधारभूत स्वास्थ्य चौकीमा गई स्वास्थ्य चेकअप, उपचार गराएर स्वास्थ रहन स्वास्थ्य शाखा प्रमुख चौधरीले आग्रह समेत गरेका छन्।

कार्यक्रममा लालझाडी गाउँपालिका प्रमुख निर्मल राना, प्रमुख प्रशासनिक अधिकृत लक्ष्मीदत्त भट्ट, लालझाडी गाउँपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरु र स्थानिय बासिन्दाहरु को उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निर्मल रानाले महामारी, सुर्तीजन्य पदार्थ र मध्यपान सेवन न्यूनीकरणका लागि गाउँपालिकाले आवश्यक कार्यविधी तयार गर्ने र गाउँपालिकामा यी र यस्ता स्वास्थ्य सम्बन्धि समस्या न्यूनीकरण गर्न सम्पुर्ण स्थानीय बासी र सञ्चारकर्मीहरुको साथ आवश्यक रहने बताएका छन् ।

Facebook Comments Box