कृष्णपुरका मेयर अपाङ्ग असहाय नागरिकका सहारा बन्दै!

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका का नगर प्रमुख हेम राज ओझाले आज शारीरिक अस्वस्थताका कारण भित्र/बाहिर हिडडुल गर्न अत्यन्तै कठिन भैरहेका अपाङ्ग (प्यारलाईसिस) भएका नगरबासी नागरिकहरु का घरदैलौमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका लिएका छन्। कृष्णपुर स्वास्थ्य चौकी गुलरियामा कार्यरत डाक्टर दिलिप देउवा सहित मेयर ओझा जनताका घर घर मा पुगेर चेकजाँच, परामर्शका साथै ह्वील चियर र दिशा पिसाब गर्न गाह्रो हुनेलाई कुर्सी हस्तान्तरण समेत गरेका छन्।

आज वडा नं. १ र २ का बिरामीलाई नगर प्रमुखले ह्वील चियर र कुर्सी हस्तान्तरण गरेका छन् भने भोलीपनि नगरका अन्य वडामा रहेका शारीरिक अवस्थ व्यक्तिहरुलाई पनि वितरणको कार्यक्रम निरन्तर रहने नगर प्रमुख ओझाले बताएका छन्। असहाय अपाङ्ग नागरिकका लागि अस्पताल सम्म पुग्न नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा समेत रहेकाले आवश्यक नागरिकहरुलाई नगरपालिकामा सम्पर्क गर्नसमेत मेयर ओझाले बताएका छन्।

 

Facebook Comments Box