कञ्चनपुर: लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा लालझाडी गाउँपालिकाले आफ्ना नागरिकहरु लाई स्वास्थ्य सुविधा प्रदान गर्न आज “घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी गाउँपालिका निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ “नागरिकसंग गाउँपालिका अध्यक्ष विशेष स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद भट्ट, वडा नं. १ देखि ६ सम्ममा वडा अध्यक्षहरु, लगायतका कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीहरू, स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियोे ।
आज पालिका बाट शुभारम्भ भएको कार्यक्रम, अबदेखि स्वास्थ्यकर्मीहरु हरेक नागरिकको घरदैलोमा गएर विशेष गरि वृद्ध, अपाङ्ग, असहाय नागरिकहरुलाई लक्षित गरि नसर्ने रोग(मधुमेह, उच्चरक्तचाप) को पहिचान गरि तथ्यांक संकलन गरेर विशेषज्ञ स्वास्थ्य सेवा दिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखा संयोजक खगेन्द्र चौधरीले बताएका छन् ।
