कृष्णपुरमा महिलाहरुका लागी घङ्गरिया अंगीया र मेकअप तालिमको सुरुवात

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ८ मा “ आर्थिक समृद्धिको आधार लघुउद्यम मार्फत रोजगार” भने नारा सहित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत घङ्गरिया अंगीया र १ महिने मेकअप सिप बिकास तालिमको सुरुवात भएको छ ।

कृष्णपुर नगरपालिकाका वडा नं ७/८/ र ९ लाई लक्षित गरि कार्यक्रमको शुरूवात गरिएको हो । कृष्णपुर नगरपालिका उद्यम विकास शाखा गुलरियाको आयोजनामा आयोजित कार्यक्रममा कृष्णपुर वडा नं. ८ का वडाध्यक्ष दिनेश खड्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा कृष्णपुर नगर उप-प्रमुख द्रोपती राना रहनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा वडासदस्य फुलाराम चौधरी मेलिना चौधरी र कौशिला सुनार लगायत ४० जनामहिला उद्यमी को उपस्थिति रहेको थियो । कृष्णपुर नगरपालिकाका विभिन्न वडाहरुमा अहिलेपनी उद्यमशिलता शिपविकासका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

 

 

Facebook Comments Box