मेटा डाउन, फेसबुक, ईन्स्टाग्राम बाट एक्कासी लग आउट; लग ईन नै नहुने यस्तो समस्या

कञ्चनपुर: लाेकप्रिय समाजिक सञ्जाल फेसबुक ईन्स्टाग्राम लगायतमा समस्या देखापरेको छ। मेटा अन्तर्गतका सामाजिक सञ्जालमा आफै लग आउट भईरहेको छ।

आज बेलुका ९:३० देखि फेसबुकमा समस्या आएकाे छ। अहिले फेसबुक चलिरहेको छैन। प्रयाेगकर्ताहरूकाे अनुसार फेसबुक आफै लगआउट हुने र पासवर्ड राखेर खोल्न खोज्दा लग इन नहुने समसया देखिएकाे छ। प्रयाेगकर्ता ह्याकिङ भएकाे भन्दै त्रसित बनेका छन। यो समस्या संसारभर नै देखिएको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा  फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो । आजको समस्याका बारेमा यथार्थ आधिकारिक के हो मेटा कम्पनीबाट आउन बाकी छ।

Facebook Comments Box