भारतको ओडिसामा रेल दुर्घटना: २ सय ३७ जनाको ज्यान गयो, ९ सय भन्दा बढी घाईते

कञ्चनपुर: भारतको ओडिसामा रेल दुर्घटना हुदा २ सय ३७ जनाको ज्यान गएको छ। भारतिय संञ्चारमाध्यम अनुसार दुईवटा रेल एउटै ट्र्याकमा विपरीत दिशाबाट आईरहेको र एकआपसमा ठोक्किएर पटरीबाट खस्दा शुक्रबार दुर्घटना भएको भनिएको छ।

बालासोर जिल्लामा २०० भन्दा बढी एम्बुलेन्सहरू घटनास्थलमा उद्वारका लागि पठाईएको ओडिशाका मुख्य सचिव प्रदीप जेना जनाएका छन् । यो शताब्दीको भारतको सबैभन्दा खराब रेल दुर्घटना यहि हो। मृतकहरुको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

Facebook Comments Box