लालझाडी-५ मा ICYC वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु; विजेता पुरस्कार १ लाख

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ०५ मा रहेको  देखतभुली खेलमैदानमा लालझाडी-५ को आयोजना र ईटाहा चारपाते युवा क्लबको सह-आयोजनामा आजदेखि छैठौ संस्करण को आई.सि.वाई.सी वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा कार्यक्रम संयोजक रामदाश रानाको सभाअध्यक्षता, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना को प्रमुख आतिथ्य, विशिष्ट अतिथिमा लालझाडी वडा नं. १ का अध्यक्ष प्यारेलाल राना, वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापा, कृष्णपुर वडा नं. ०३ का अध्यक्ष खेम राज चौधरी रहेका थिए; त्यस्तै अतिथिमा लालझाडी ०५ का वडा सदस्य भान बहादुर विष्ट, गोकर्ण सिह धामी, राममती राना, पालिका अध्यक्ष सचिवालय प्रमुख अमर सिह धामी स्थानिय समाजसेवी, सुरक्षाकर्मी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको छ।

उद्घाटन कार्यक्रममा लालझाडी गाउँपालिका कर्मचारी र कृष्णपुर ०३ भेट्रान खेलाडी बीच मैत्रीपुर्ण खेल भएको छ भने उद्घाटन खेल आयोजक ICYC ‘Blue’ र रोयल एफ सि पुनर्वास ढक्का बीच ३:३० बजेदेखि हुदैछ।

२०७३ साल देखि निरन्तर यो प्रतियोगिता भईरहेको साथै दर्शक र खेलाडीहरुले एकदमै रुचाएको प्रतियोगिता ICYC CUP यो वर्ष पनि सञ्चालन गरिएको छ। प्रत्येक टिमले ६ हजार ५ सय ५५ रुपैया ईन्ट्री फिस सहित प्रतियोगितामा सहभागी भएका छन्। त्यस्तै 6TH ICYC CUP 2080 फुटबल प्रतियोगितामा २६ टिम सहभागी रहेका छन्। कार्यक्रममा अमर सिह धामीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम उद्घोषण जित बहादुर चौधरीले गरेका थिए।

Facebook Comments Box