भोलिदेखि वाणीमा अंडर-१९ क्रिकेट प्रतियोगिता हुदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा भोलि जेठ १३ गते देखि अंडर–१९ क्रिकट प्रतियोगिता सुरु हुने भएको छ।

जेरोज युनाइटेड क्लबको आयोजनामा कृष्णपुर नगरपालिका–२ वाणी स्थित श्री सरस्वती मा.वि.मा भोलि अर्थात् जेष्ठ १३ गते विहान ७:३० बजे बाट उद्घाटन कार्यक्रम संगै खेलको सुरुवात हुने भएको छ।

खेल ICC को नियम अनुसार खेलाईने छ् भने लिग पद्धतिमा खेल हुने छ। सेमिफाइनल: फाईनल खेल १६/१६ ओभरका र बाकी खेल १२/१२ ओभरका हुने आयोजक टिमले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.२५,००० सहित ट्रफी, मेडल,प्रमाण–पत्र प्राप्त गर्ने, दोस्रो हुने टिमले नगद रु.१०,००० का साथै ट्रफी, मेडल,प्रमाण–पत्र प्राप्त गर्ने आयोजक योगेश महताले बताएका छन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले १५/१५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई समेत बिशेष पुरुस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको प्रबेश शुल्क रु.२५००(टिम दर्ता गराउन आउदा रु १००० र प्रथम चरणको खेलना सहभागी हुन रु १५०० अनिवार्य जम्मा गर्नु पर्ने) रहेको छ।

त्यस्तै टिम म्यानेजर दान बहादुर महता र टिम कोच नरेश नाथ योगी रहने आयोजक कमिटीले जनाएको छ।

Facebook Comments Box