स्वर्णिम वाग्लेको तनहुँ १ मा शानदार मतान्तर

कञ्चनपुर: हिजो सम्पन्न भएको उप निर्वाचनबाट तनहुँ: १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले शानदार मतान्तर बढाउँदै गईरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १८ हजार ४ सय ६१ मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १० हजार ८ सय १४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ६८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँ १ मा जम्मा ९ जना उम्मेदवार रहेका छन् । हालसम्म ३६ हजार ४ सय ४३ मत गणना भइसकेको छ ।

Facebook Comments Box