दोस्रो लालझाडी अध्यक्ष कप सम्पन्न; राना युथ क्लब ‘राजपुर’ बन्यो विजेता

कञ्चनपुर: जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार राखिएको दोस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० सम्पन्न गरिएको छ। लालझाडी गाउँ खेलकुद समितिको आयोजना लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

प्रतियोगितामा बिजेता नगद २ लाख ५५ हजार५ सय ५५ रुपैयाँ र उप-बिजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । लालझाडी गाउँ खेलकुद समिती आयोजक १ गोल का विरुद राना युथ क्लब राजपुर ले ४ गोल गर्दै विजेता बनेको छ।

कार्यक्रमको अध्यक्षता लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना, प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, विशिष्ट अतिथि कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा, उप-मेयर द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, विशिष्ट अतिथी सु.प. खेलकुदका महासचिव कासिराम बोहरा , अतिथि कृष्णपुरका वडा १,२,३,५,६,७,९ का वडा अध्यक्ष, लालझाडी का वडा नम्बर १ देखी ६ नम्बरका वडाअध्यक्ष, लालझाडी गाउँपालिका का कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यलय शंकरपुरका प्रमुख, बेलौरी प्रहरी कार्यलयका प्रमुख सहितका सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box