शुक्लाफाँटा-३ मा जग्गा नापजाँच कार्यको सुरुवात

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं. ३ मा जग्गा नापजाँच आरम्भ गरिएकाे छ। हिजो सोमबार नगर प्रमुख रणबहादुर महराकाे अध्यक्षतामा एक कार्यक्रम गरि जग्गा नापजाँचकाे कार्य सुरूवात गरिएको हो। अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई व्यवस्थित बनाउन सोमबारदेखि जग्गाको नापी कार्य सुरु गरिएको छ।

वडा नं. ३ मा करिब ३ सय अव्यवस्थित परिवार छन्। एक महिनाभित्रै जग्गा नापजाँचकाे काम सम्पन्न गरिनेछ । अहिलेसम्म वडा नं. १ र ९ मा जग्गा नापजाँच सम्पन्न गरिएकाे छ भने वडा नं. २ र १२ मा जग्गा नापजाँच गर्ने नगरपालिकाकाे तयारी रहेको र छिट्टै नापी कार्य सकेर जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराइने नगर प्रमुख महराले बताएका छन्।

शुक्लाफाँटा नगरपालिका भुमी शाखाका प्रमुख मोहन राज फुलाराले कार्यक्रमको सञ्चालन गरेका थिए भने कार्यक्रम मा नगर प्रमुख महरा सहित नगर उपप्रमुख कल्पना जोशी (पन्त), प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट लगायतको उपस्थिती रहेको थियो।

Facebook Comments Box