लालझाडीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा हिजो देखि पाचौं पालिका स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको छ। प्रतियोगितामा सभाध्यक्ष गाउँ खेलकुद समिति संयोजक प्रकाश राना, प्रमुख अतिथी कञ्चनपुर ०१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ रहेका थिए।

विशिष्ट अतिथिमा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना राना चौधरी, गाउँपालिका निवर्तमान अध्यक्ष मदन सिह बडायक, वडा नं. ०४ का अध्यक्ष बहादुर राना, शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट, कञ्चनपुर जिल्ला खेलकुद अध्यक्ष कुबेर खडका, लालझाडी ०४ बैजनाथ विद्यालय प्रधानाध्यापक गणेश राज जोशी, कराते प्रशिक्षक विमल खडायत, विभिन्न विद्यालय का अध्यक्ष प्रअ, शिक्षक शिक्षिका, सुरक्षाकर्मी, मिडियाकर्मी लगायतको उपस्तिथि रहेको थियो।

आज उद्घाटन खेलमा १५ सय मिटर छात्र तर्फको फाईनल दौड प्रतियोगिता सम्पन्न भएको भने प्रथम हुनेमा सरस्वती मा.वि छोटी पर्सिया का अजय चौधरी(४.५९) रहेका छ्न् र १५ सय मिटर छात्रा तर्फ सोही विद्यालयकै ममता चन्द(६.०५ मिनेट) रहेकी छिन्। साथै आज नै छात्रा र छात्र तर्फ १०० मिटर दौडा र सटपुट प्रतियोगिता पनि भएको छ। यो प्रतियोगिता आउने भोलि पुस २० गते समापन गरिने छ।

Facebook Comments Box