कञ्चनपुर: अग्रजलाई सम्मान हाम्रो सान, कञ्चनपुर कृष्णपुर हाम्रो पहिचान भन्ने मुल नाराका साथ कञ्चनपुर कृष्णपुर क्लबको आयोजनामा भोलि अर्थात फागुन १९ गते देखि डायमन्ड स्कुल नजिकै रहेको दिपेन्द्र स्मृति सा.व को खेल मैदान कृष्णपुर २ बंक मा खुल्ला पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ।
टिम दर्ता शुल्क ३५००, टिम दर्ता मिति २०८०/११/१८ गते साझ ६ बजे सम्म रहेको आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३५ हजार सहित मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद १८ हजार सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई रु २ हजार, उत्कृष्ट विधा जनही रु हजार पुरस्कार दिईने आयोजक कमिटीले जनाएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरि मनाईने खेल संयोजक शेर बहादुर विष्टले बताएका छन्। उद्घाटन कार्यक्रममा चर्चित देउडा गायक लाल बहादुर धामी”अछामी बड्डौ”, देउडा गायिका डिक्रा वाढी, भुवन दाहाल, रमेश परियार लगायतको उपस्थिति रहने छ भने कार्यक्रममा उद्घोषण चर्चित उद्घोषक के.पि कलौनीले गर्ने आयोजक कमिटीले बताएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथी कृष्णपुरका मेयर हेम राज ओझा रहने क्लबका अध्यक्ष पुष्कर साउदले बताएका छन्।