श्री उदय मा.वि. को ४३ औँ वार्षिकोत्सव सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका ०२ बंक कञ्चनपुर मा रहेको श्री उदय माध्यमिक विद्यालयको ४३ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह २०८० शुक्रवार सम्पन्न गरिएको छ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपेन्द्र पालको सभाध्यक्षमा सुरु गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट”सरल” को प्रमुख आतिथ्यता वार्षिकोत्सब समारोहको उद्घाटन गरिएको थियो। विशिष्ट अतिथिमा कृष्णपुर २ का अध्यक्ष अर्जुन सिह साउद र श्रीदल गुल्म भगतपुर कंचनपुरका सेनानी राजिवजंग शाही, लगायतको उपस्थिति रहेको थियो।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,भुपु अध्यक्षहरु र भुपु प्र.अहरु सँगै उल्लेख्य अभिभावक र विद्यार्थीहरुको समेत उपस्थिति देखिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक प्रेम दत्त कलौनीले राखेका थिए भने प्रधानाध्यापक बम्मन राना ले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयमा हालसम्म ६०९ विद्यार्थी रहेको र २७ जना शिक्षक कर्मचारी रहेको, उदय मा.वि मा कक्षा १२ सम्मको पढाई हुने प्रधानाध्यापक रानाले बताएका छन्।

हाम्रो अभिभावकहरु, समाजसेवी लगायतको सहयोगमा आज उदय मा.वि नमुना विद्यालय बन्न खोजिरहेको, यस क्षेत्रकै पुरानो विद्यालय रहेको, म समेत यो विद्यालयको विद्यार्थी हु, मेरो बालपन यहाँ वितेको छ, कृष्णपुर ०२ नं. वडामा रहेका सामुदायिक विद्यालयको विकासका लागि व्यक्तिगत तर्फ बाट र वडा कार्यालयको तर्फबाट हुने सहयोगका लागि आफू सदैव तयार रहेको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य ओम विक्रम भाट”सरल” ले आजको आवश्यकता व्यवहारिक शिक्षा रहेको, आफ्ना नानुबाबुको शिक्षाको बारेमा बुझ्न नियमित विद्यालयमा आउनुपर्ने र विद्यालयको समग्र विकासका लागि आफू सदैव तयार रहेको साथै पहल गरिरहेको बताएका छन्।

कार्यक्रममै विभिन्न बिधाबाट उत्कृष्ट ४ जना शिक्षक शिक्षिका र वर्षका सर्वोत्कृष्ट छात्र छात्रालाइ पनि सम्मान गरिएको थियो।

 

Facebook Comments Box