५४ हजार भन्दा बढी मतका साथ रवि लामिछाने निर्वाचित

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं चितवन निर्वाचन क्षेत्र नं. २ बाट ५४ हजार बढी मतका साथ विजयी भएका छन् ।

लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ ले ११,२५१ मत ल्याएका छन् । रवि लामिछाने ४२ हजार ९ सय २५ मतान्तरका साथ निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले १०, ९३५ मत प्राप्त गरेका छन् ।

जितेपछी नव निर्वाचित सांसद लामिछाने ले भनेका छन् “संसारमा जनमत भन्दा ठूलो केही छैन र जनताभन्दा ठुलो अदालत अरु कोहि हुन्न, यसपालि कानको जाली फुट्ने गरि बजाई दियो चितवनका जनताले घण्टी”।

Facebook Comments Box