आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवमा वृक्षारोपण
अत्तरिया आइ एम ई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवको अवसरमा गोदावरी नगरपालिका–१ अन्तर्गत रहेको श्रीरामजानकी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरिएको कार्यक्रममा सयौँको संख्यामा फूलका बोटलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। मन्दिर परिसरलाई हरियाली तथा आकर्षक बनाउने उद्देश्यले गरिएको वृक्षारोपणले वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपालदत्त भट्ट, रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पी.आर. चटौत, आइएमई लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय अत्तरियाका प्रमुख सुमन प्रशाद तिमिल्सिना , किशोर विक्रम मल्ल, अत्तरिया शाखाका शाखा प्रमुख लक्षमण महता लगायत अत्तरिया शाखामा कार्यरत अभिकर्ता , एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो।
त्यस्तै, सामाजिक कार्यमा सक्रिय रहँदै आएका सामाजिक अभियन्ता दुर्गाकुमार पोखरेलको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा देशभर रहेका विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। देशका विभिन्न स्थानमा रक्तदान, वृक्षारोपणलगायत सामाजिक तथा जनमुखी कार्यक्रम आयोजना गर्दै कम्पनीले नवौँ वार्षिकोत्सव मनाएको हो।
कम्पनीले व्यावसायिक गतिविधिसँगै समाज र वातावरणप्रतिको आफ्नो जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।
गोदावरी नगरपालिका १ का वडा अध्यक्ष गोपाल भट्ट मन्दिर ब्यबस्थापन समिती का अध्यक्ष समाजसेबी अभियान्ता दुर्गा कुमार पोखरेल लगायतका ले यस्तो कार्यप्रती धन्यवाद ब्यक्त गरेका थिए ।
