कृष्णपुरमा करार स्वास्थ्य कर्मचारी भर्ना सम्बन्धि परिक्षा स्थगित; मेयर ओझा भन्छन् अख्तियारको पत्र आयो

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खोलेको हेल्थ असिस्टेन्ट पदमा नगरले माघ ८ गते हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिक गरेको थियो।

हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिकमा कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउद ले छनौटमा अनियमित भयो; स्थानीय युवाहरुलाई साईड लगाएर आफ्ना निकटको नाम सार्वजनिक गरेको आरोप समाजिक सञ्जाल मार्फत लगाएका थिए।

नगरपालिकाले पत्रकार सम्मेलन मार्फत अनियमित नभएको दावी गरेको थियो। प्रवक्ता बस्नेतले कुनै अनियमित नभएको नियम संगत नै संक्षिप्त सूची सार्वजनिक गरिएको बताएका थिए।


प्राविधिक कारण देखाउदै फागुन २ गते हुने भनिएको लेखित परिक्षा स्थगित भएको नगरपालिकाले जनाएको छ। उक्त विषयमा अख्तियारमा मुद्दा परेकाले अख्तियार अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाल काठमाडौ को पत्र नगरपालिकालाई आएकाले परिक्षा स्थगित गरिएको कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन्।

Facebook Comments Box