कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित पुर्व पश्चिम राजमार्ग विजय होटल नजिक करेन्ट लागेर एक युवकले ज्यान गुमाएछन्।
करेन्ट लागेर ज्यान गुमाउनेमा डिलासैनी गाउँपालिका वडा नं. २ घर भई हाल कृष्णपुर ०२ गडविजुला टोल मामाघर बस्ने २८ बर्षका भरत बिष्ट रहेको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ।
आज विहान ८:३० बजे घर निर्माणको काम गर्ने क्रममा राजकुमार चौधरीको घरमा राखेको सरिया लग्ने(सिधा गर्नखोज्दा) बोकेको सरियाले हाई टेन्सन लाईनको तार छोएर युवकलाई करेन्ट लागेको स्थानीय प्रत्यक्षदर्शी भिम बहादुर थामी मगरले बताएका छन्।
करेन्ट लागेर उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा विष्टको मृत्युु भएको प्रहरी स्रोतले जनाएको छ।
