कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ को कार्यालय द्वारा आज श्री नन्द माध्यमिक विद्यालय देखतभुलीका जेहेन्दार, गरिव, असहाय, टुहुरा, मुक्तकमैया, दलित, अति विपन्न विद्यार्थीहरुलाई विद्यालयको पोसाक वितरण गरिएको छ। कृष्णपुर नगरपालिका वडा नं. ०३ का वडा अध्यक्ष खेम राज चौधरीले विद्यार्थीहरुलाई पोसाक हस्तान्तरण गरेका हुन्। १२० थान पोसाक वितरण गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन्।
पोसाक वितरण कार्यक्रमको अध्यक्षता नन्द माध्यमिक विद्यालय का विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपक बहादुर खत्री, प्रमुख अतिथी वडा अध्यक्ष खेम राज चौधरी, अथितिमा वडा सदस्य भिमराज जोशी, फुलचन्द राना, कौसिला सुनार, विद्यालयका प्रधानाध्यापक पुस्कर सिह महरा, शिक्षक लगायत अभिभावकहरुको उपस्थिति देखिएको थियो।

भौगोलिक रुपमा कृष्णपुर ०३ मा नन्द मा.वि भएतापनी विद्यालयमा कृष्णपुर ३ नं. वडा संगै कृष्णपुर वडा नं. २, लालझाडी वडा नं. ४, ५ र शुक्लाफाटा वडा नं. १२ का विद्यार्थीहरु अध्यनरत रहेको यहाँ अध्यन गर्ने विद्यार्थी अधिकान्स गरिव घर परिवारकै रहेको हुदा आज वडा कार्यालयले अति विपन्न विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको साथै विद्यार्थीहरुलाई पर्ने आवश्यक सहयोग गर्न सदैव वडा कार्यालय तयार रहेको वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्।
हाल विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थी रहेको, लालझाडी-४ का ४०, लालझाडी-५ का ८० र शुक्लाफाटा १२ का ४५ विपन्न गरिव दलित विद्यार्थी रहेको र आज कृष्णपुर ३ ले आफ्ना वडाका १२० जना विद्यार्थीलाई पोसाक वितरण गरेको साथै अन्य छिमेकी वडाले पनि विद्यार्थीहरुको पोसाक व्यवस्थापन गरिदिए विद्यार्थीहरुलाई सहज हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक खत्रीले बताएका छन्।