कृष्णपुरको बंकमा हाईस दुर्घटना; ९ जना घाईते (नामावली सहित)

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंक मा आज साझ ७ बजे विद्युतीय हाईस अनियन्त्रित भई दुर्घटनामा परेको छ। पश्चिम देखि पुर्व जाँदै गरेको ब्लु सगरमाथा यातायात प्रा.लि बाट सञ्चालित सुदुरपश्चिम प्रदेश ०२ ००१ ज ४३२ नम्बरको बेलडाडी गाउँपालिका २ बस्ने सञ्जय बिष्टले चलाईरहेको यात्रु वाहक हाईस एक्कासी पछाडी पट्टीका दुवै टायर पट्केर गाडी अनियन्त्रित भई पुर्व पश्चिम राजमार्ग बंक स्थित होटल ईट एन पार्क नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ७ जना सामान्य घाईते र २ जना गम्भीर घाईते गरि ९ जना घाईते भएका छन्। उक्त हाईसमा सवार घाईते हुनेहरु यात्रुमा क्रमश: कैलाली जिल्लाको कैलारी गाउँपालिका बस्ने ३३ वर्षीय रतना चौधरी, गोदावरी नगरपालिका बस्ने २७ वर्षीय महेश भट्ट, धनगढी उप-महानगरपालिका बस्ने २२ वर्षिय बिर्मला रावल, १७ वर्षीय पुर्निसा सिह, १७ वर्षीय प्रतिमा जोशी, कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने १३ वर्षीय कमल जोशी, बैतडीको पुर्चुडी बस्ने २५ वर्षीय गणेश कठायत, बर्दिया का दिनेश चौधरी र पहिचान नखुलेकी एक जना महिला रहेको प्रहरी स्रोतले जनाएको छ।

सामान्य घाईतहरुको अतरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ भने गम्भीर घाईते रहेका बर्दियाका दिनेश चौधरी र पहिचान खुल्न बाकी एकजना महिलालाई धनगढी स्थित मायामेट्रो अस्पतालमा रिफर गरि उपचार भईरहेको छ।

Facebook Comments Box