सेतो पुर्जा मा लगाएको १० बर्षे रोक्का राख्ने प्रावधान फुकुवा भयो: कृष्णपुरका मेयर हेम राज ओझा

कञ्चनपुर: बिगतका आयोग , कार्यदल र समितिले उपलब्ध गराएको सेतो पुर्जा ( अधुरो अपुरो ) मा लगाएको १० बर्षे रोक्का राख्ने प्रावधान फुकुवा भएको कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन्। सेतो पुर्जाको मोठ सदर भएकै दिन देखि खरिद बिक्री , बैकिङ्ग प्रयोजन लगायत अन्य कुनै काममा रोकावट अब नहुने मेयर ओझाले उल्लेख्य गरेका छन्।

केही समय अगाडी कृष्णपुर नगर पालिकाले वडा नं. ७ मा बाडेका जग्गा धनी पुर्जामा लगाइएको प्रतिबन्ध पनि फुकुवा भएको छ। हामीले गरेको कामले सार्थक्ता पाएको छ । छिटै वार्ड न.५ मा पनि यहि प्रकृतीका जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दैछौ: मेयर ओझाले सामाजिक सञ्जाल (फेसबुक) मार्फत जानकारी गराएका छन्।

केही दिन अघिमात्रै मेयर ओझाको राजधानी बसाईले यो कामले सफलता पाएको हो। कृष्णपुरका जनतालाई जमिनको मालिक बनाउने मेयर ओझाको लक्ष्य छ। सम्बन्धित निकाय संग सकारात्मक छलफल भएको समेत मेयर ओझाले बताए।

Facebook Comments Box