वडा कार्यालय द्वारा उदय मा.वि मा अध्यनरत विद्यार्थीलाई झोला वितरण

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा न.२ को कार्यालय द्वारा श्री उदय मा.वि.बंक मा अध्यनरत गरिव, जेहेन्दार, बिपन्न, अनाथ, असहाय र अशक्त १२५ जना विद्यार्थीहरु लाइ झोला तथा स्टेसनरी सामाग्री हिजो आईतवार वितरण गरिएको छ। । कृष्णपुर नगरपालिका वडा नं. ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामाग्री हस्तान्तरण गरेका हुन्।

विद्यार्थीसंग वडा कार्यालय कार्यक्रम अन्तर्गत हिजो उदय मा.वि मा अध्यनरत विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री वितरण गरिएको साथै यस वडामा रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा वडा कार्यालय बाट झोला तथा स्टेसनरी पुगिसकेकाले क्रमशः वितरण गरिने वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

सामुदायिक विद्यालय मा अध्यनरत असहाय विद्यार्थीहरु को अभिभावक वडा कार्यालय रहेको साथै विद्यार्थीहरुको चौतर्फी विकासमा वडा कार्यालयले सहयोग गर्ने समेत वडा अध्यक्ष साउदले बताएका छन्।

Facebook Comments Box