रोजी स्कुलको २६ औ वार्षिकोत्सब सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको श्री रोजी एक्सक्लुसिभ इङ्लिस बोर्डिड स्कुलले आफ्नो २६ औ वार्षिकोत्सब विविध सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न गरेको छ।

वार्षिकोत्सब समारोह विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शिवराज पन्तको अध्यक्षता, कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टेक राज पन्त (पूर्व डिन सुदुरपश्चिम विश्वविद्यालय ), विशिष्ट अतिथि क्रमशः प्रा.डा.मुकुन्द कलौनी (डिन सुदुरपश्चिम विश्वविद्यालय ), डा. शंकर दत्त भट्ट (प्रधानाध्यापक प्रभात बिध्या निकेतन एवम उप प्राध्यापक जनज्योति एजुकेसनल फाउन्डेशन),केशब भट्ट, Axis School / MD- Chaitanya कैलाली, विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष हरिहर पाण्डेय,कमल सिङ पाण्डेय,अभिभावक,शिक्षक,कर्मचारी, विद्यार्थीहरु समेतको महत्वपूर्ण उपस्थिति मा सम्पन्न गरिएको थियो।

कार्यक्रममा विद्यालयको प्रगती विवरण सहित उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलद्वारा सम्मान गरिएको थियो। त्यस्तै विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मदन सिह भण्डारीले प्रस्तुत गरेका थिए। हाल विद्यालयमा ६९३ विद्यार्थी रहेको र ३२ जना शिक्षक शिक्षिकाहरु रहेको प्रिन्सिपल भण्डारीले बताए।

आफ्ना बालबालिकाहरुलाई पढाईमा अग्रसर गर्ने अभिभावक ले विशेष ध्यान दिनुपर्ने प्रमुख अतिथी पन्तले बताएका थिए।

Facebook Comments Box