सेफ्टी टंकीमा डुवेर कृष्णपुरमा एक बालकको मृत्यु

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुली स्थित चित्रपुर टोलमा सेफ्टी टंकीमा डुवेर एक डेढ वर्षीय बालकको मृत्युु भएको छ। चित्रपुर बस्ने सिवा रानाको छोरा लिवन रानाको छिमेकीको ट्वाईलेटको सेफ्टी टेंकीमा पसेर/डुवेर मृत्युु भएको हो। आज दिउँसो साढे १२ बजे तिर घटना भएको स्थानीयहरुले बताएका छन्।

मृतक राना घर अगाडीको आगनमा खेलिरहेको अवस्थामा हराई सेफ्टी टंकीमा फेला परेका थिए। कृष्णपुर ०३ वडा कार्यालयको सहयोगमा एम्बुलेन्समा धनगढी लगिएका रानालाई माया मेट्रो अस्पतालले मृतक घोषणा गरेको हो।

आफ्नो वडामा अकल्पनीय घटना भएको वडा भरी कसैको मृत्यु भए मा शव वाहन वडा ले आर्थिक सहयोग गर्ने गरेको साथै मृतक बालकलाई एम्बुलेन्समा अस्पताल समेत लगिएको तर बचाउन नसक्दा निकै दुखी भएको कृष्णपुर ०३ का वडा सदस्य भिम राज जोशीले बताएका छन्।

यो घटना एकदमै दुखदायी भएको साथै अब उप्रान्त यस्ता घटना नदोहोर्‍याउन सम्पुर्ण वडाबासीहरुलाई आफ्ना स-साना बालबालिकाको विशेष हेरचाह राख्नुपर्ने कृष्णपुर ०३ का वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्।

मृतक बालकको प्रहरी मुचुल्का पश्चात् पोस्टमाटमका लागि महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल मा लगिएको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ। मृतक बालकका बुवा सिवा राना रोजगारीको शिलसिलमा भारतमा रहेका छन्।

Facebook Comments Box