कञ्चनपुर: कृष्णपुरबाट प्रकाशित हुने ई.एन नेपाल डटकम अनलाईन पत्रीका का रिपाेर्टर सौरभ चन्दले आईतवार दिउसो १२ बजे तिर कृष्णपुर ०२ कञ्चनपुर स्थित मछेली खोला पुल सडकको किनारामा एक झोला फेला पारे। उनले सडकमा पाएको झोलामा महत्त्वपूर्ण डकुमेन्ट, नागरिकता, शैक्षिक प्रमाणपत्र, एटिमएम विभिन्न कागजात, बैक चेक सहितको झोला फेला परेको थिए।
ई.एन नेपाल अनलाईनमा झोला सहित महत्त्वपूर्ण डकुमेन्ट फेला पारेकाले लैजानका लागि सूचना जारी गरेपछि ई.एन नेपाल टिमले फेला पारेको झोला अस्थायी प्रहरी पोष्ट वाणीमा बुझाएको थियो। ई.एन नेपाल र अस्थायी प्रहरी पोष्ट वाणीको सहयोगमा हराएको झोला सामान संबंधित व्यक्तिलाई बुझाईएको छ।
आफू गुलरिया बाट वाणी आउदा झोला फेला पारेको चन्दले बताए। फेला परेको झोला दोगडाकेदार गाउँपालिका ४ निवासी तेज सिह भण्डारीको रहेको थियो। ई.एन नेपाल टिम र अस्थायी प्रहरी पोष्ट वाणीले फेला परेको झोला भण्डारीलाई सम्पर्क गरि बुझाएको छ। हराएको झोला फेला परेपछि भण्डारी निकै खुशी देखिएका थिए।