कृष्णपुर वडा नं. ८ द्वारा झोलुङ्गे पुलमा लाईट जडान

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा न ८ मझगाउँ र धनगढी १३ श्रीलङ्का जोड्ने झोलुङ्गे पुल भएर कैलालि पढ्न जाने स्थानिय विद्यार्थीहरु, तरकारी ब्यवसाय गर्ने कृषकहरु लाइ बिहानै आवत जावत गर्नुपर्ने असहजतालाई मध्यनजर गर्दै कृष्णपुर वडा नं. ८ द्वारा झोलुङ्गे पुलमा लाईट जडान गरिएको छ।

बिहानको समयमा उक्त झोलुङ्गे पुलको चारैतिर घनघोर रुख हरुको कारण अलिकति डर को अनुभव हुन्छ भन्ने जानकारी अनुसार जनताको समस्या लाइ मध्यनजर गर्दै रातिको समयमा आवतजावत गर्न सहज होस भनेर झोलुङ्गे पुलमा लाइट जडान कृष्णपुर ०८ का वडा अध्यक्ष दिनेश खडकाले बताएका छन्।

उक्त झोलुङ्गे पुलमा लाईट जडान गरिएसंगै विचवा, मझगाउ, पिपरिया, पचकडिया र राजघाटका स्थानीयहरु लाभान्वित हुने समेत अध्यक्ष खडकाले बताएका छन्।

Facebook Comments Box