रवि लामिछानेलाई भोट माग्दै नायक रमेश उप्रेती चितवनमा

कञ्चनपुर: पुर्व सञ्चारकर्मी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला मा हुन लागिरहेको उप-निर्वाचनमा, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य का लागि उम्मेदवारी दिईएका छन् ।

यसअघि यहि निर्वाचन क्षेत्र बाट निर्वाचित भएर उप-प्रधानमन्त्री तथा गृहमन्त्री बनेका लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतको फैसालाले उनको पद गएको थियो। अहिले पुन उप-निर्वाचनमा भाग लिईरहेका छन रवि लामिछाने, उनलाई जिताउन नायक रमेश उप्रेती चितवन आईपुगेका छन् ।

चितवन २ का नागरिकको उत्साह देखेर आफु हर्षित भएको र जनताले यति माया गरेको नेता आफुले अहिलेसम्म नदेखेको नायक उप्रेतीले बताएका छन् ।

रवि लामिछाने लाई अप्ठ्यारो परे, काम गर्न नदिए घेराबन्दी गरे म रमेश उप्रेती त्यहाँ हुने नायक उप्रेती ले जनाएका छन् । तपाईपनि रास्वपामा आउने हो भन्ने पत्रकारको प्रश्न मा: नायक उप्रेती ले भने- अहिले होइन २०८४ को चुनावमा होला।

Facebook Comments Box