November 28, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

साउदी अरबमा हवाई हमला हुँदा एक नेपाली कामदारको मृत्यु

काठमाडौं । साउदी अरबको जिजान सहरस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई हमलामा परी एक नेपाली कामदारको मृत्यु भएको छ।

बिहीबार भएको उक्त हमलापछि तेल प्रशोधन केन्द्रमा आगलागी भएको बताइएको छ। घटनामा एक नेपाली नागरिकको ज्यान गएको विषयमा साउदी अरबको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन्।

मृत्यु हुने नेपाली कामदारको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

The post साउदी अरबमा हवाई हमला हुँदा एक नेपाली कामदारको मृत्यु appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.