November 28, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दार्चुलामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन वन कार्यालयको निर्देशन

दार्चुला।मंसिर १२। डिभिजन वन कार्यालय दार्चुलाले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउन निर्देशन दिएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वन क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाई अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

कार्यालयका अनुसार वन क्षेत्र अतिक्रमण गरी संरचना निर्माण गर्ने, खेतीपाती गर्ने तथा वन क्षेत्रको प्रयोग गर्ने गतिविधिले वन संरक्षणमा चुनौती थपिएको छ। यस्ता गतिविधि नियन्त्रण गरी वन क्षेत्रको संरक्षण गर्न कार्यालयले चासो देखाएको छ।

कार्यालयले तोकिएको समयभित्र अतिक्रमित क्षेत्र खाली नगरे प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ। वन क्षेत्रको संरक्षणमा सहयोग गर्न तथा सार्वजनिक सम्पत्तिको रूपमा रहेको वनजंगल जोगाउन कार्यालयले सबैमा आग्रह गरेको छ।

The post दार्चुलामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन वन कार्यालयको निर्देशन appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.