July 5, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

यात्रु तानातानमा २३ जना पक्राउ, तर यसको जड राज्यको अव्यवस्थित यातायात नीतिमा

काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा दुःख–हैरानी दिएको जनगुनासोका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुगमन गरी २०८३ असार १७ गते २३ जनालाई पक्राउ गरेको छ। सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीलाई समेत अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
कानुनविपरीत गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ। तर यो घटनालाई केवल मजदुरको कमजोरीका रूपमा मात्र हेर्नु उचित हुँदैन। यातायात मजदुरका अनुसार यात्रु तानातान उनीहरूको रहर होइन, राज्यको अव्यवस्थित यातायात नीतिले सिर्जना गरेको बाध्यता हो।
यात्रुको चाप र सडकको क्षमताको अध्ययन नगरी एउटै रुटमा आवश्यकताभन्दा धेरै सवारी सञ्चालनको अनुमति दिइँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ। यदि सरकारले एकद्वार प्रणाली लागू गरी देशभर सार्वजनिक सवारीलाई समन्वित (एकीकृत) यातायात प्रालि अन्तर्गत सञ्चालन गर्ने, रुटअनुसार आवश्यक संख्यामा मात्र सवारी सञ्चालनको व्यवस्था गर्ने हो भने यात्रु तानातानजस्ता समस्या धेरै हदसम्म अन्त्य हुन सक्ने मजदुरहरूको भनाइ छ।
पक्राउ परेका व्यक्तिहरू
१. डोलराज शेन (६०) — जिल्ला रुपन्देही, सैनामैना नगरपालिका–११, पिता: लालबहादुर शेन।
२. प्रदीप भुजेल (२१) — जिल्ला गोरखा, गण्डकी गाउँपालिका–५, पिता: लोकबहादुर भुजेल।
३. लोकदर्शन पाण्डे (२७) — जिल्ला जुम्ला, गोठीचौर गाउँपालिका–४, पिता: कृष्णचन्द्र पाण्डे।
४. सन्देश शाही (२३) — जिल्ला बाँके, कोहलपुर नगरपालिका–५, पिता: प्रेम शाही।
५. मिलन भण्डारी (२८) — जिल्ला बाँके, कोहलपुर नगरपालिका–१२, पिता: कुलबहादुर भण्डारी।
६. रमेश खत्री (२४) — जिल्ला दाङ, दंगीशरण गाउँपालिका–६, पिता: डम्बरबहादुर खड्का।
७. विकास घर्ती (२३) — जिल्ला दाङ, घोराही उपमहानगरपालिका–२, पिता: तुलबहादुर घर्ती।
८. किरण पुन (२०) — जिल्ला रोल्पा, रुन्टीगढी गाउँपालिका–७, पिता: वीरबहादुर पुन।
९. रोहित विश्वकर्मा (२३) — जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका–११, पिता: गणेश विश्वकर्मा।
१०. सन्तोष शाही (३२) — जिल्ला कास्की, पोखरा महानगरपालिका–११, पिता: रामबहादुर शाही।
११. शिवराज भट्टराई (३२) — जिल्ला डडेलधुरा, अमरगढी नगरपालिका–७, पिता: शोभीलाल भट्टराई।
१२. कविराज रोकाय (२३) — जिल्ला मुगु, खत्याड गाउँपालिका–४, पिता: लालबहादुर रोकाय।
१३. प्रकाश खत्री (२५) — जिल्ला दाङ, तुल्सीपुर उपमहानगरपालिका–१३, पिता: टिकाराम खत्री।
१४. रविन विश्वकर्मा (१९) — जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका–४, पिता: मोहन विश्वकर्मा।
१५. जितबहादुर मगर (२३) — जिल्ला उदयपुर, रौतामाई गाउँपालिका–७, पिता: रणबहादुर मगर।
१६. कृष्णप्रसाद कठरिया (४०) — जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका–१०, पिता: दरबारी कठरिया।
१७. विजय नेपाली (१७) — जिल्ला दाङ, तुल्सीपुर उपमहानगरपालिका–१८, पिता: भीमबहादुर नेपाली।
१८. पदम ओली (२७) — जिल्ला कैलाली, गोदावरी नगरपालिका–२, पिता: डम्बर ओली।
१९. रिजन घर्ती मगर (२१) — जिल्ला दाङ, शान्तिनगर गाउँपालिका–५, पिता: कुमार घर्ती मगर।
२०. कमल ज्ञवाली (३२) — जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका–११, पिता: ओमप्रसाद ज्ञवाली।
२१. दीपक न्यौपाने (३२) — जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–८, पिता: कृष्ण न्यौपाने।
२२. मनोज साउद (१९) — जिल्ला कैलाली, टिकापुर नगरपालिका–१, पिता: खड्ग साउद।
२३. प्रेम विष्ट (३८) — जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका–२, पिता: चन्द्रबहादुर

The post यात्रु तानातानमा २३ जना पक्राउ, तर यसको जड राज्यको अव्यवस्थित यातायात नीतिमा appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.