July 17, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि.द्वारा रुट परिवर्तन सम्बन्धी सूचना जारी, श्रावण १५ भित्र निवेदन दिन आग्रह

धनगढी, कैलाली।
सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि.ले आफ्ना सदस्य तथा सवारीधनीहरूका लागि रुट परिवर्तन सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण सवारी साधन कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सञ्चालन हुनुपर्ने जनाएको छ।
रुट परिवर्तन गर्न इच्छुक सवारीधनीहरूले २०८३ साल श्रावण १ गतेदेखि श्रावण १५ गतेसम्म कार्यालय समयभित्र धनगढी–चटकपुरस्थित प्रधान कार्यालयमा निवेदन दर्ता गराउनुपर्नेछ। तोकिएको अवधिभित्र प्राप्त निवेदनका आधारमा मात्र रुट परिवर्तन प्रक्रिया अघि बढाइने र एक पटक रुट परिवर्तन भएपछि पुनः सोही अवधिमा रुट परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रा.लि.का अनुसार तोकिएको समयभित्र निवेदन पेश नगर्ने सदस्यलाई कम्पनीको पूर्वनिर्णयअनुसार रु. ३,००० जरिवाना गरिनेछ।
प्रा.लि.ले यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको दिवा सेवा र रात्री सेवा सम्बन्धी मापदण्डलाई आधार मानी एक वर्षका लागि रुट व्यवस्थापन गर्ने नीति लिएको जनाएको छ। जबकि यातायात व्यवस्था कार्यालयले प्रदेशभित्र सञ्चालन हुने सवारीका लागि ६ महिनाको तथा प्रदेश बाहिर सञ्चालन हुने सवारीका लागि ३ महिनाको बाटो इजाजत प्रदान गर्ने व्यवस्था रहेको छ।
कम्पनीका अनुसार व्यवसायीको आवश्यकताअनुसार हरेक एक वर्षमा रुट परिवर्तन (साटफेर) गर्न सकिनेछ। बीच अवधिमा विशेष कारणले रुट परिवर्तन गर्नुपर्ने अवस्था आएमा भने सञ्चालक समिति/कार्यसमितिको निर्णयअनुसार मात्रै प्रक्रिया अघि बढाइने जनाइएको छ।
“स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नाराका साथ २०४० सालदेखि देशका विभिन्न क्षेत्रमा सेवा दिँदै आएको छ समय अनुसार यात्रुको माग लाई मध्यनजर गरि धनगढी काठमाडौ रुट मा भि आइ पि सोफा सस्पेन्सन गाडी राजगद्दी २×१ बिसेअस गरि महिला हरुको  सुरक्षित यात्राको लागि सिङ्गल सिट भएको बस तथा पहाडी रुट समेत बझाङ काठमाडौ बाजुरा काठमाडौं एसि बस सेवा तथा धनगढी पोखरा धनगढी काकडभित्ता  धनगढी बुटवल रात्री एसि र दिवासेवामा एसि र डिलक्स सेवा दाङ मा डे डिलक्स सेवा सुरु गरेको छ । सुन्दर सुदुरपश्चिम यातायात प्रा.लि.ले सबै सदस्य तथा व्यवसायीलाई समयमै निवेदन दर्ता गरी कम्पनीको निर्णय कार्यान्वयनमा सहयोग गर्न यस प्राली का अध्यक्ष पदमराज सापकोटा ले अनुरोध गरेका छ्न ।

Copyright © All rights reserved. | Newsphere by AF themes.