खप्तड यातायातले सञ्चालनमा ल्यायो ‘आसन एक्सप्रेस’, टु–वाइ–वान भीभीआईपी सोफा सिटसहितको एसी बस
, ५ भदौ । खप्तड यातायात प्रा.लि.ले टु–वाइ–वान भीभीआईपी सोफा सिटसहितका सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको छ। प्रालिले पाँच वटा नयाँ बस सञ्चालनमा ल्याउँदै ‘आसन एक्सप्रेस’ सेवाको औपचारिक उद्घाटन गरेको हो।
खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्तराज जोशीको अध्यक्षतामा धनगढी बसपार्कमा आयोजित उद्घाटन समारोहमा कथावाचक आचार्य सत्यराज अवस्थी प्रमुख अतिथि रहेका थिए।
नयाँ सञ्चालनमा आएका ‘आसन एक्सप्रेस’का बसमा टु–वाइ–वान भीभीआईपी सोफा सिट, एसीलगायतका आधुनिक सुविधाहरू उपलब्ध रहेको प्रालिले जनाएको छ। यी बसमार्फत धनगढीदेखि काठमाडौंसम्म यात्रुलाई आरामदायी, सुरक्षित तथा सुविधासम्पन्न यात्रा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन का प्रदेस अध्यक्ष ललित चन्द लगायत कैलालीमा सञ्चालित विभिन्न यातायात प्रालिका प्रतिनिधि, यातायात मजदुर तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या तथा चुनौतीका विषयमा समेत चर्चा गरेका थिए। यातायात क्षेत्रको सुधार, व्यवसायीका समस्या समाधान, यात्रुलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने तथा यातायात व्यवसायलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा सहभागीहरूले धारणा राखेका थिए।
खप्तड यातायात प्रा.लि.ले नयाँ बस तथा सेवा विस्तारसँगै यात्रुलाई सहज, सुरक्षित र स्तरीय यातायात सेवा प्रदान गरिने बताए ।
