September 7, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

राष्ट्रिय विपदमा सहकार्य गर्दै कञ्चनजंगा इङ्लिस स्कुलद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख बढी सहयोग..

कञ्चनपुर । देशमा आइपरेको विपद्को यो कठिन परिस्थितिमा मानवीय समवेदना र सामाजिक उत्तरदायित्वको गतिलो उदाहरण प्रस्तुत गर्दै कञ्चनपुरको कृष्णपुर–५ स्थित कञ्चनजंगा इङ्लिस माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

विद्यालय परिवारको सामूहिक प्रयासबाट संकलित कुल रु. २,०२,२२२ (दुई लाख दुई हजार दुई सय बाइस) रुपैयाँ सहयोग स्वरूप प्रदान गरिएको हो। यो सहृदयी रकम जुटाउन विद्यालय परिवारले निकै सराहनीय पहल गरेको छ। शिक्षक तथा कर्मचारीहरूको एक दिनको तलब, विद्यालयमा अध्ययनरत बालबालिकाको स्वेच्छिक सहयोग तथा विद्यालयको आन्तरिक कोषलाई मिसाएर उक्त यो रकम तयार पारिएको विद्यालयले जनाएको छ।

राष्ट्रिय विपद्को यस घडीमा पीडित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा थोरै भए पनि टेवा पुगोस् भन्ने मुख्य उद्देश्यका साथ यो कदम चालिएको हो।

​संकलित उक्त आर्थिक सहयोग प्याब्सन (PABSON) केन्द्रीय समितिको आधिकारिक माध्यममार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। कठिन समयमा एकताबद्ध भएर मानवीय सेवामा जुट्न सबै पक्षलाई आह्वान गर्दै विद्यालयले यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा प्यारा विद्यार्थीहरूूप्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गरेको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.