September 7, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

टिकटक बनाउने क्रममा महाकाली नदीमा ख’सेर किशोरी बे’पत्ता, खोजीकार्य जारी..

कञ्चनपुर: दोधरा चाँदनी नगरपालिका-१०, गौशाला नजिक महाकाली नदीमा टिकटक भिडियो बनाउने क्रममा खसेर एक किशोरी बेपत्ता भएकी छिन्। आज बिहान करिब १०:३० बजेतिरको समयमा तारजाली बाँधिएको ठाउँतिर गएर केसरी भिडियो बनाइरहेको स्थानीयले बताएका छन्।

​प्राप्त प्रारम्भिक जानकारी अनुसार बेपत्ता हुनेमा दोधारा चाँदनी १० की अन्दाजी वर्ष १५ कि किशोरी सृष्टि सुनार रहेकी छिन्।

​घटना लगत्तै स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरूको सहयोगमा महाकाली नदीमा उनको खोजी कार्य भइरहेको छ। लगातार परिरहेको पानीका कारण महाकालीको बहाव पनि यतिबेला बढेकोले खोजी कार्यमा थप असहजता भएको बुझिएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.