गेटा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–५ मा वडा अधिवेशन सम्पन्न भएको छ।
नेपाली कांग्रेस गोदावरी नगर कमिटीका उपसभापति प्रेम कुमालको संयोजकत्व तथा नेपाली कांग्रेस महासमिति सदस्य वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। वडा सभापति कन्नारदेवी रानाको सभापतित्वमा सम्पन्न अधिवेशनले ११ सदस्यीय वडा कमिटी तथा २१ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको जनाइएको छ।
अधिवेशनमा वडा तहका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको थियो।
The post appeared first on ✍️कञ्चन मिडिया📸.
