जीवित सम्पदा ज्येष्ठ नागरिकप्रति हार्दिक सम्मान
काठमाडौँ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। ज्येष्ठ नागरिकलाई परिवार, समुदाय र राज्यले सम्मानपूर्वक स्याहार, सहज दैनिक जीवन र सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिइएको हो।
ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार, उपेक्षा, शोषण तथा हिंसाबाट सुरक्षित रहन पाउनु उनीहरूको मौलिक अधिकार भएको बताइएको छ। पर्याप्त खाना, कपडा र सुरक्षित आवासका साथै उमेरअनुकूल सहज तथा निःशुल्क स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरिएको छ।
‘The Age of Longevity: Rethinking Systems for Longer Lives’ भन्ने अवधारणासहित दीर्घायु हुँदै गएको समाजका लागि विद्यमान प्रणालीलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न नीति, योजना तथा विभिन्न कार्यक्रममार्फत काम गरिरहेको जनाएको छ। ज्येष्ठ नागरिकमैत्री तथा सम्मानजनक समाज निर्माण सरकारको मात्र जिम्मेवारी नभई परिवार, समुदाय र सम्पूर्ण नागरिकको साझा दायित्व रहेकोमा जोड दिइएको छ।
यस अवसरमा ज्येष्ठ नागरिकका लागि मात्र नभई सबैको भविष्यका लागि उमेरमैत्री, सुरक्षित र सम्मानपूर्ण समाज निर्माण गर्न सामूहिक पहल आवश्यक रहेको सन्देश दिइएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै उनीहरूको सुस्वास्थ्य, दीर्घायु, सम्मानपूर्ण र सुखमय जीवनको शुभकामना व्यक्त गरिएको छ उक्त दिवश देसभरी बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।कैलाली को अतरियामा पनि बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।
The post जीवित सम्पदा ज्येष्ठ नागरिकप्रति हार्दिक सम्मान appeared first on ✍️कञ्चन मिडिया📸.
