महादेवटार सुरुङमा ब्रेकथ्रु, द्रुतमार्ग निर्माणले पायो थप गति

काठमाडौँ। काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माणाधीन ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङमा ब्रेकथ्रु भएको छ। सुरुङको दुवैतर्फबाट भइरहेको निर्माण कार्य जोडिएसँगै आयोजनाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।
यस उपलब्धिले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणलाई थप गति दिने अपेक्षा गरिएको छ। द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँ र तराई/मधेसबीचको यात्रा दूरी तथा समय घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले महादेवटार सुरुङको ब्रेकथ्रुलाई राष्ट्रिय पूर्वाधार विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। आयोजनाको काम निर्धारित समयमै गुणस्तरीय ढङ्गले सम्पन्न गर्नुपर्नेमा समेत जोड दिइएको छ।
The post महादेवटार सुरुङमा ब्रेकथ्रु, द्रुतमार्ग निर्माणले पायो थप गति appeared first on ✍️कञ्चन मिडिया📸.
