November 20, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दार्चुलामा मतदान स्थल तथा केन्द्र पुनरावलोकनको तयारी

दार्चुला, मंसिर ४। आगामी निर्वाचनलाई व्यवस्थित, सहज र पहुँचयोग्य बनाउन दार्चुलामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ। जिल्लाका नौवटै स्थानीय तहका ६१ वटै वडामा रहेका मतदान स्थल तथा केन्द्रको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्ने तयारी गरिएको हो।

जिल्लामा हाल ११२ मतदान स्थल र १४३ मतदान केन्द्र कायम रहेका छन्। पुनरावलोकनका क्रममा आवश्यक देखिएका मतदान स्थल तथा केन्द्रबारे निर्णय गरी मंसिर २५ गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा सिफारिस पठाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।

जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार स्थानीय तहबाट प्राप्त सिफारिसलाई एकीकृत गरी मंसिर २९ गते जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा पेस गरिनेछ। जिल्लामा हाल ९२ हजार ९२७ मतदाता रहेको विवरण सार्वजनिक गरिएको छ।

The post दार्चुलामा मतदान स्थल तथा केन्द्र पुनरावलोकनको तयारी appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.