दार्चुलाको छाङरु र तिङ्करमा भारी हिमपात, जाडो छल्न स्थानीयवासी तल्लो क्षेत्र झर्ने तयारीमा
दार्चुला । मंसिर -४ दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङरु र तिङ्कर क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातसँगै उक्त क्षेत्रमा अत्यधिक चिसो बढेको छ भने जनजीवन प्रभावित हुन थालेको छ।
चिसो बढ्दै गएपछि स्थानीयवासी जाडो छल्न सदरमुकाम खलंगालगायत जिल्लाका तल्लो क्षेत्रमा झर्ने तयारीमा जुटेका छन्। हिमपातका कारण दैनिक आवतजावत तथा सामान्य जनजीवनमा समेत कठिनाइ हुन सक्ने अवस्था देखिएको छ।
हिमपात र बढ्दो चिसोलाई मध्यनजर गर्दै स्थानीयवासीले आवश्यक तयारी गरिरहेका छन्। हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको सहज आवागमन, स्वास्थ्य तथा सुरक्षाका लागि सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने देखिन्छ।
The post दार्चुलाको छाङरु र तिङ्करमा भारी हिमपात, जाडो छल्न स्थानीयवासी तल्लो क्षेत्र झर्ने तयारीमा appeared first on ✍️कञ्चन मिडिया📸.
