September 1, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

विपत्तिमा पीडितसँगै सुन्दर सुदूरपश्चिम यातायात प्रालि, उद्धार कोषमा १ लाख ५१ हजार सहयोग

धनगढी । भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी प्रा.लि. ले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।
प्रालिले व्यवसायीहरूको सल्लाह र सहमतिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको जनाएको छ।
बाढीबाट घाइते भएकाहरूको शीघ्र उपचार, बेपत्ताको तत्काल खोज तथा उद्धार र मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन प्रालिले नेपाल सरकारसँग आग्रहसमेत गरेको छ।
प्रालिले विपद्को यस दुःखद घडीमा सरकारको उद्धार तथा राहत अभियानमा साथ दिन सहयोग गरिएको जनाएको हो।
सुन्दर सुदूरपश्चिम यातायात व्यवसायी प्रा.लि. परिवारले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना गरेको छ ।

बिगतका दिनहरुमा पनि देसलाइ दुख पर्दा हरेक पटक सक्दो सहयोग गर्दै आएको छ ।सामाजिक उत्तरदायी बन्दै सुन्दर सुदुर पश्चिम यातायात प्राली ले देसका विभिन्न ठाउमा लामो तथा छोटो दुरि मा बिगत २०४० साल देखि  यात्रु लाई सेवा दिदै आएको छ।

 

Copyright © All rights reserved. | Newsphere by AF themes.